मोडल करिश्माको ग्लामर लुक्स्


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

मोडलिङ क्षेत्रमा परिचय बनाउँदै गरेकी मोडल हुन करिश्मा रावल । उनी प्रदेश ७ को अछामकी स्थाई बासिन्दा हुन । बानेश्वर स्थित एक एयर होस्टेज ट्रेनिङबाट एयर होस्टेजको ट्रेनिङ पुरा गरेकी उनी भविष्यमा एयर होस्टेज पेशालाई अपनाउने पक्षमा छिन् । सानैदेखि पृथक स्टाईल रुचाउने अनि त्यस्तै पोज दिन चाहने करिश्मा मोडलिङमा बिस्तारै छाउँदैछिन् । उनी फुर्सदको समय मोडलिङमा ब्यतित गर्न चाहन्छिन ।

५ फिट २ इच अग्ली करिश्मा हाल बानेश्वरमा बस्छिन । हेल्थ टेक्निसियनल्प रुपमा अध्ययन तथा काम गरेकी उनले मोडलिङकै लागि फोटोसुट र र्याम्प ट्रेनिङ पनि लिएको बताउँछिन ।

फिजिकल बनावट र सुन्दर मुहारकी धनी २१ वर्षीया करिश्मा सामाजिक कार्य गर्न रुची भएको बताउँछिन् । परिवारको साथले नै मोडलिङमा पाईला चालेको बताउने उनी म्युजिक भिडियोमा अभिनय गर्न रुची भएकोले चाडैनै भिडियोहरुमा आउने बताईन ।

यी युवतीलाई प्रेमको निकै प्रस्ताव आउने गरेको छ । तर अहिले आफु करिअरमै केन्द्रित भएको उनले बताईन् । अबसर पाएमा उनी नायिकाको चलचित्रमा समेत आउने छु भन्छिन् ।

फोटो– कुबेर तामाङ
मेकअप–गौरी रुम्बा श्रेष्ठ
स्टुडियो–आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन