ब्युटी न्युज नेपाल
काठमाडौं, ४ बैशाख

२९ चैतदेखि प्रदर्शनमा आएको चलचित्र यात्रा अ म्युजिकल ब्लग’ले ५ दिनमा अढाई करोडको हाराहारीमा ग्रस ब्यापार गरेको निर्माण पक्षले जनाको छ ।

चलचित्र यात्रा मुलुकका करिब १०० वटा सिनेमा हलमा प्रदर्शन भईरहेको छ । फिल्मको व्यापार पहिलो साताको अन्तिम तिर आईपुग्दा समेत उत्साहजनक भएको यसका निर्माता केशब भट्टराईले बताएका छन् ।

यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ बाट नै रुचाइएका स्टाइलिस अभिनेता सलिनमान बनियाको अभिनय यात्रामा रहेको छ ।

फिल्ममा सलिनमान बनियाँसंगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई , योगेश जंगकुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मलिका महतले डेब्यु गरेकी छिन् । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहको छ ।

केशव भट्टराई, सुशील पोखरेल, चिजकुमार श्रेष्ठ, बिक्रम पराजुली, सर्जुमान लिगल, मुक्ति तिम्सिना र राम शरण घिमिरेको यसमा निर्माता रहेको छ ।