उदय सोताङ र डा. डीआरको नयाँ भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ बैशाख

उदय सोताङको स्वरमा रहेको नयाँ गीत ‘सोध्न तिमी आफैँसँग…’ को भिडियो सार्वजनिक भएको छ । डा. डीआर उपाध्यायले लेखेको यो गीतमा बुलु मुकारुङको सङ्गीत नोर्बु शेर्पाको एरेञ्ज रहेको गीतको भिडियोलाई सुभाष प्रधानले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेको अभिनय छ । प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोलाई पनि राम्रो बनाउने कोशिस गरिएको छ ।

साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेका थिए ।