टिका र राजको नयाँ गीतको भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ बैशाख

गायिका टिका प्रसाई र गायक राज पौडेलले नयाँ गीत मेरो याद…श्रोतामाझ ल्याएका छन् । यी दुईले यो गीतको भिडियो पनि युट्युव मार्फत रिलिज गरेका छन् ।

गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम ’मेरो याद तिमीलाई’मा समावेश यो गीतमा उमेश रेग्मीको शब्द संगीत रहेको छ । सुनसरी इनरुवाबासी रेग्मी हाल अमेरिकामा बसोवास गर्दै आएका छन् ।

यो गीतको भिडियोमा अभिनेता निराजन प्रधान, अभिनेत्री अलिशा शर्मासँगै कबिता नेपाली, सुनिल क्षत्री लगायतको अभिनय छ । भिडियोमा सुनिल क्षत्रीको कोरियोग्राफीमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको छ ।

बिगतमा पनि रेग्मीको शब्द संगीतमा नेपालका चर्चित गायक गायिकाहरु दीप श्रेष्ठ, रामकृष्ण ढकाल, विश्व नेपाली, बानिका प्रधान, आनन्द कार्की लगायतले गीत गाइसकेका छन् ।

https://www.youtube.com/watch?v=dLX9ehuEG4c