सुदन, सरोज र आनन्दको चुपचाप छौ तिमी…


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ बैशाख

गीतकार सुदन डोटेलको शब्द रचना, आनन्द कार्कीको स्वर र सरोज प्याकुरेलद्वारा संगीतबद्ध नया“ गजल ‘चुपचाप छौ तिमी…’को भिडियो मँगलबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेलसहितले यो गजलको भिडियो लोकार्पण गरेका हुन् ।

संगीतकार प्याकुरेलकै निर्देशनमा बनेको गजलमा अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री सारिका घिमिरेको अभिनय छ । भिडियोमा गायक आनन्द कार्की गजलकारकै रुपमा प्रस्तुत भएका छन् ।

गजल गायनकै शैलीमा तयार पारिएको यो भिडियोमा गीतकार सुदन डोटेलसहित अमुल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, बिकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधांम्सु डोटेल आदि कलाकारले पनि अभिनय गरेका छन् । सुरेन्द्र श्रेष्ठद्वारा छायांकन गरिएको यो भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।