बीर बिक्रम २ सार्न मिलन चाम्सलाई दबाब


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ बैशाख

आगामी ३ जेठमा अन्नत दुई ओटा चलचित्र जुध्ने नै भएको छ । यस अघि यो मितिमा आउने तय भएको चलचित्र बीर बिक्रम २ सँगै अर्को चलचित्र यात्रै यात्रा आउने भएपछि यी दुई चलचित्र जुध्न लागेका हुन् ।

मँगलबार काठमाडौंको बिग मूभिजमा बीर बिक्रम २ चलचित्र गीत बाचा…को भिडियो रिलिज समारोहपछि ब्युटी न्युज नेपालसँग कुराकानीको क्रममा यो चलचित्रका निर्माता निर्देशक मिलन चाम्सले आफुलाई फिल्म सार्न दबाब दिने क्रम अझै जारी रहेको बताएका छन् ।

३ जेठमा अब चलचित्र जात्रै जात्रा पनि आउने पक्का भएको छ । प्रदीप भट्टराईको निर्देशनमा तयार हुँदै गरेको जात्रै जात्रा हास्य प्रधान चलचित्र हो । जात्रै जात्राको वितरकदेखि निर्माण पक्षसम्मबाट समेत आफुलाई सो मितिमा बीर बिक्रम रिलिज नगर्न दबाब आएको निर्देशक मिलन चाम्सले बताएका छन् ।

चलचित्र जात्रै जात्रा यस अघि २७ बैशाखमा रिलिज गर्ने तयारी हुँदै थियो । तर १३ बैशाखमा रिलिज हुने चलचित्र दाल भात तरकारी २० बैशाख सरेपछि तथा २७ बैशाखमा बलिउड फिल्म स्टुडेन्ट अफ दि ईयर २ पनि २७ बैशाखमै रिलिज हुने भएपछि चलचित्र जात्रै जात्राको प्रदर्शन मिति एक साता पछि ३ जेठलाई सारिएको हो । जात्राको सफलतापछि सिक्वेल फिल्मको रुपमा जात्रै जात्रा निर्माण गरिएको हो ।

यसरी ३ जेठमा आफ्नो फिल्मसँग अरु फिल्म जुध्न आएकाले आफु पछि नहट्ने निर्देशक मिलन चाम्सले ब्युटि न्युज नेपाललाई बताएका छन् ।