गायक रामकृष्णको हावाको झोकामा सरोज


ब्युटी न्युज नेपाल
काठमाडौं, १ बैशाख

गायक रामकृष्ण ढकालको कर्णप्रिय स्वरवद्ध गीत हावाको झोका अधेरी रातमा …को भिडियो रिलिज भएको छ । यो गीत विकाश थापाले लेखेका हुन् । गीतमा सन्तोष श्रेष्ठको संगीत छ । गीतलाई रामकृष्ण ढकालले गाएका हुन् । गीतका एरेञ्जर देवेन्द्र नेवा हुन् ।

गीतको भिडियो निर्देशक हेम प्रभासले गरेका हुन् । भिडियोलाई मुकेश हुँमागाईले खिचेका हुन् । भिडियोको दृश्य सम्पादन राजेश कुमारले गरेका हुन् ।

वरिष्ठ अभिनेता सरोज खनाल, रीमा केसी, सुजन थापा, सविना आचार्य, अनन्त सिग्देल, तीलक गौतम एवं संगीतकार सन्ताष श्रेष्ठ समेत भिडियोमा अभिनयरत छन् । डिजिटल क्रियशनको प्रस्तुती रहेको यो भिडियोलाई म्यूजिक नेपालले रिलिज गरिरहेको छ ।