याद घटाइदिन शान्तिप्रियको गीतबाट आग्रह 


ब्युटी न्युज नेपाल

काठमाडौं, १ बैशाख

 रंग पत्रकार तथा गीतकार शान्तिप्रियले आफ्नो अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्यो….को भिडियो दर्शकमाझ ल्याएका छन् । उनले युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन् ।

याद तिम्रो धेरै आइरह्यो… गीतको भिडियो निर्देशन हास्यब्याँग्य कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन राजु केसीले गरेका हुन् र भिडियो सम्पादन विरेन्द्र भाट ‘विपिन’को हो ।

यो गीतमा अर्जुन पोखरेलको संगीत छ । युवा गायक युबराज चौलागाईले गाएको यो गीतको भिडियोमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई एवं राम ढकालले अभिनय गरेका छन् । भिडियोलाई छायाँछवि क्रियशनले निर्माण गरेको हो ।

https://www.youtube.com/watch?v=2-MZScpkNxI