लभ स्टेशनको ब्यापार पहिलो सातामा ३ करोड ७ लाख


ब्युटी न्युज नेपाल
काठमाडौं, १ बैशाख

चलचित्र लभ स्टेशनको व्यापारबाट आफुहरु सन्तुष्ट रहेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् । २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज भएको यो चलचित्रले पहिलो सातामा ३ करोड ७ लाख ८४ हजार ९ सय ८६ रुपैयाँकोे ब्यापार गरेको प्रस्तुतकर्ता शाहीले बताएका छन् ।

आफ्नो चलचित्र दोश्रो साता पनि मुलुकका साँढे तीन दर्जन हलमा प्रदर्शन भईरहेको उनले जानकारी गराएका छन् । दोश्रो साता पनि क्युएफएक्स लगायतको हलमा फिल्म लभ स्टेशन हाउसफुल भएको उनले जानकारी गराए ।

मौसमको खराबीबीच पनि चलचित्र लभ स्टेशनको यो व्यापार राम्रो भएको यसका अभिनेता प्रदीप खड्काले बताएका छन् ।आफुहरुलाई साथ दिनु हुने सम्पूर्ण दर्शक, शुभचिन्तक देखि सञ्चारकर्मी र सहयोगी सम्मलाई उनले आभार प्रकट गरेका छन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

उज्ज्वल घिमिरे निर्देशित यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।