८ दर्जन हलमा ए मेरो हजुर ३


ब्युटी न्युज नेपाल
काठमाडौ, २९ चैत

नयाँ वर्ष २०७६को शुभकामना स्वरुप मुलुकका करिब १०० हलबाट आज शुक्रबारदेखि झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर–३’ रिलिज भएको छ ।

यो चलचित्रको बिहिबार बेलुका काठमाडौंका कुमारी हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा दर्शकबाट फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । यो चलचित्र साँगीतिक प्रेमकथामा आधारित छ ।

फिल्मले शुक्रबार बिहान र ११ बजेको शोमा राम्रो व्यापार गरेको यसका निर्माता सुनिल कुमार थापाले बताएका छन् । यो चलचित्रमा युवा अभिनेता अनमोल केसी, नवोदित अभिनेत्री सुहाना थापाको जोडी जमेका छ । यी जोडीको काम दर्शकले मन पराएका छन् । फिल्ममा सलोन बस्नेत, अर्पण थापा, बिशाल पहाडी, सरोज खनाल लगायतको अभिनय छ ।