यात्रा र ए मेरो हजुर ३ बीच पोष्टर रँडाको


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ चैत

यस पटकको नयाँ वर्षलाई लक्षित गरेर दुई ओटा नयाँ चलचित्र ए मेरो हजुर ३ र यात्रा ः ए म्युजिकल ब्लग रिलिज गरिएको छ । यु दुई चलचित्रबीच यतीबेला पोष्टर बिबादको समस्या देखिएको छ ।

फिल्म यात्रा ः ए म्युजिक ब्लगको पोष्टर माथि ए मेरो हजुर ३ को पोष्टर टाँसेपछि यस्तो समस्या निम्तिएको हो । आफ्नो फिल्मको पोष्टरमाथि ए मेरो हजुर ३ को पोष्टर टाँसको प्रमाण स्वरुप केही ठाउँमा ए मेरो हजुर ३ को पोष्टर च्यातेर आफ्नो फिल्मको पोष्टर देखाईएको तस्बिर चलचित्र यात्राः ए म्युजकल ब्लकका निर्माता शुशिल पोखरेलले फेसबुकमा राखेका छन् ।

 

उनले काठमाडौं उपत्यकामा आफ्नो फिल्मको पोष्टरमाथि चलचित्र ए मेरो हजुर ३ को पोष्टर टाँसेको दाबी गरेका छन् । यसरी आफ्नो पोष्टर माथि अरुले पोष्टर टाँस्दैमा फिल्म हेर्न दर्शक आउने क्रमलाई कसैले रोक्न नसक्ने उनले फेसबुकमार्फत बताएका छन् ।

यसैबीच चलचित्र ए मेरो हजुर ३ का प्रोड्युसर सुनिल कुमार थापाले आफने फिल्मको प्रिमियर शो समारोहमा बोल्दै आफुले कसैको पनि पोष्टर नछोपेको बताएका छन् । पोष्टर टाँस्ने काम आफुहरुको नभएर कामदारको भएकाले कसले कसको पोष्टर टाँस्यो भन्ने बारे आफुलाई जानकारी नभएको बताएका छन् ।

यसरी एकले अर्कोको फिल्मको पोष्टमाथि आफ्नो फिल्मको पोष्टर टाँसेर रँडाको मच्चाउने क्रम बेला बेलामा हुने गरेको छ । दुई वा तीन ओटा नेपाली फिल्म एक साथ रिलिज हुँदा यस्तो समस्या आउने गर्दछ ।