काला कोलाका अध्यक्ष चेतन गोयल सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ चैत

काला कोला कस्मेटिक कम्पनीका अध्यक्ष एवम् सञ्चालक युवा उधोगी चेतन गोयल सम्मानित भएका छन् । रोज सिप बिकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा आयोजित ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ को फाईलन समारोहमा युवा उधोगी गोयल सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा शशस्त्र प्रहरी बल प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले आयोजकका तर्फबाट काला कोलाको अध्यक्ष एवम् युवा ब्यबसायी चेतन गोयललाई ब्युटी कस्मेटिक सम्मान–२०७५बाट सम्मानित गरिएको थियो ।

नेपालमै कारखाना खोलेर बिगत केही वर्षदेखि गुणस्तरीय कस्मेटिक सामग्री उत्पादन तथा बिक्री बितरण गर्दै आएकोमा युवा उधोगी चेतन गोयललाई सम्मानित गरिएको हो ।