ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९ को ताज सरुको शिरमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ चैत

रोज सिप बिकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा आयोजित ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ मा भक्तपुरकी सरु जोशीले ताज चुमेकी छिन् । बुधबार अबेरसाँझ काठमाडौंको जमल स्थित नाचघरमा आयोजित सो प्रतियोगितामा आफ्ना २४ प्रतिस्पर्धीलाई पछि पार्दै सरुले मोस्ट स्मार्टको उपाधि सहित ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९, सिजन–२ जितेकी हुन् । उनले उत्कृष्ट भएबापत गोल्डेन स्टेप्स टुर एन्ड ट्राभल्सबाट ५५ हजार रुपैयाँ बराबरको बैंककको चार रात, पाँच दिनको टुर, आभास मिडियाबाट एक महिनाको एँकरिङ कोर्ष लगायत विभिन्न उपहार प्राप्त गरिन् ।

सो कार्यक्रमका प्रमुख अतिथि शसस्त्र प्रहरी बल प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । समारोहका प्रमुख अतिथि खनालले कार्यक्रमलाई महिला ससक्तिकरण बढ्नुका साथै ब्युटिसियन महिलाहरुलाई अघि बढ्न प्रेरण मिल्ने छ भने । शशस्त्र प्रहरी बलका अमर प्रहरी परिबारलाई पनि ब्युटिसियनको कोर्ष दिएर अत्म निर्भर बनाउने कार्य गरिँदै आएको पनि प्रहरी महानिरिक्षक खनालले बताए ।

आयोजक संस्था रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सुन्दरी  कारंजित(सोनी)ले कार्यक्रममा स्वागत मन्तव्य राख्दै ब्युटिसियन महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुतिका लागि गत वर्षबाट प्रतियोगिता आयोजना गरिँदै आएको बताईन् ।

शशस्त्र प्रहरी बल महिला परिवारकी अध्यक्ष सरिता कँडेल खनाल बिशेष अतिथि रहेको सो कार्यक्रममा कस्मेटिक ब्यबसायिक संघका अध्यक्ष रञ्जित पौडेल सहित कस्मेटिक क्षेत्रका उधोगी, ब्यबसायी, बिशिष्ट ब्युटिसियन, सिनियर ब्युटिसियनहरुको उपस्थिति थियो ।

यस प्रतियोगितामा फस्ट रनरअपको उपाधि कविता लामाले जितिन् । यस्तै सेकेन्ड रनरअप र बेस्ट स्माईलको ताज मुना श्रेष्ठ हाँसिल गरिन् । यी दुबै बिजेताले पनि ४ रात ५ दिन बैंकक बसाईको २० हजार रुपैयाँ बराबरको सेवा सहित विभिन्न उपहार प्राप्त गरे ।

प्रतियोगितामा अन्य प्रतियोगीले पनि विभिन्न उपाधि जिते । जसमा इमिका श्रेष्ठले पब्लिक च्वाई, मोस्ट पँचुअल, सरस्वती न्यौपानलेले बेस्ट स्टाईलिस्ट, हिमा अबस्थीले मोस्ट बोब्ली, बिनिता भट्ट ढकालले मोस्ट ब्युटिफुल र सोसियल मिडिया अवार्ड, समिता महर्जनले बेस्ट पर्सनालिटी, कल्पना खड्काले बेस्ट फिगर, हिमला पुनले मोस्ट लोयल अवार्ड तिजे ।

यस्तै मनिता बस्नेतले मोस्ट इन्नोसेन्ट, श्रीदेबी महर्जनले मोस्ट ट्यालेन्ट, शर्मिला गुरुङले मोस्ट डिसिप्लिन, सावित्री तामाङले मोस्ट फ्रेन्डली, मिना कुमारीले एक्ट्रा अर्डिनरी, रशा अधिकारीले मोस्ट इन्टेलिजेन्ट अवार्ड प्राप्त गरे ।

सोही क्रममा निकिता कुसुवारले बेस्ट हेयर, सविना महर्जनले बेस्ट स्किन, जमुना पनेरुले मोस्ट सिभिलिटी, सुरती बरालले मोस्ट चार्मिङ, सारदा राहू मगरले बेस्ट आईज, बिरजा खड्काले बेस्ट नेल आर्ट, रुपा बस्नेतले मल्टिमिडिया अवार्डसँगै बेस्ट मेकअप र हेयर स्टाईल, बिजेता प्रजापति श्रेष्ठले बेस्ट क्याटवाक, सिमा श्रेष्ठले बेस्ट ड्रेस र मोस्ट फोटोजेनिक अवार्ड हाँसिल गरे ।

यो प्रतियोगिताको निर्णायकमा सिटिइभिटी कोअर्डिनेर डा. राजश्री श्रेष्ठ, अभिनेता रमेश उप्रेती, हास्य अभिनेत्री पल्पसा डंगोल, सिटिईभिटी सिप परिक्षण अधिकृत सूर्य अधिकारी, सामाजिक अभियान्ता सहिम शाह कलाकार सितास्मा हमाल मल्ल, ब्युटिसियनहरु सारदा क्षत्री र रुस्का बैध श्रेष्ठरहेका थिए ।

मुख्य प्रयोजक कालाकोल र प्रायोजक नेचर इसेन्स, कलर इसेन्स रहेको ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९मा सहकार्यमा सम्पन्न सो कार्यक्रमको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेकी थिईन् ।

कार्यक्रमका विशेष अतिथि एवम् अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाहीले सबैलाई शुभकामना दिँदै देशभर प्रदर्शन भईरहेको चलचित्र लभ स्टेशन दोश्रो सातामा प्रदर्शन भईरहेको बताउँदै सो फिल्म हेर्न आग्रह गरेका थिए ।

सो कार्यक्रमको सपोर्टरहरुमा स्लाईसेस स्लोनी, स्किन भिटा, रश्मिलाज फेशियल हाउस, जाभिरा कमेटिक, बिटिसी शिल्क एन्ड साईन्, सफा कटन, आभास मिडिया, फोर यु टु, आईआईएफटी, नेईको इन्टरप्राईजेज सहित विभिन्न कम्पनीहरुको सह प्रायोजन रहेको थियो ।

यो प्रतियोगिताहरुलाई सिनियर ब्युटिसियनहरु, सुमित्रा रंजित, मिना न्यौपाने, इन्दु आचार्य, अनित खड्का रायमाझी, शशी शाह, रश्मिला श्रेष्ठ, लक्ष्मी महत, रेणु श्रेष्ठ, सुलोचना श्रेष्ठ, मेनुका सिबाकोटी उप्रेती, रिना अवालेलगायतले पनि विशेष सहयोग गरेका थिए ।

तस्बिरहरु ः लक्ष्मण महर्जन