तीन दिनमा लभ स्टेशनको २ करोडको ग्रास व्यापार


ब्युटी न्युज नेपाल
काठमाडौ, २५ चैत

चलचित्र ‘लभ स्टेशन’ले ब्यापारिक तीन दिनमा करिब दुई करोडको ग्रस व्यापार गरेको छ । यो चलचित्र शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको हो ।

चलचित्र लभ स्टेशनले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ । लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले बक्स अफिसबारे भने,‘ हाम्रो फिल्मले पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको थियो भने शनिबार करिब १ करोड छ । आईतबारसम्मको व्यापार हेर्दा लभ स्टेशनले लभगभ २ करोडको व्यापार गरेको छ ।’

लभ स्टेशनको आईतबारको व्यापार पनि आक्रमक रहेको, गोपि, गुण, अष्ट जस्ता हलमा आईतबार पनि एकै शोमा दुई ओटा हल भरिएको उनले बताए ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमाअर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाले छायांकन गरेको लभ स्टेशनमा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।