काठमाडौंमा तामाङ अन्तराष्ट्रिय फिल्म फेस्टिभल हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ चैत

काठमाडौंमा तामाङ अन्तराष्ट्रिय फिल्म महोत्सव हुने भएको छ । तामाङ समुदायको मौलिक संस्कृति, विषयबस्तु र ज्ञान परम्परा प्रबद्र्धनको उदेष्य सहित तामाङ आवाज, सेलो फाउण्डेसन र एससीआरसीले यो महोत्सब गर्न लागेको हो । महोत्सव आउ“दो बैशाख २६ र २७ गते राजधानीमा हुने छ ।

महोत्सवमा भारत, अमेरिका, क्यानडा, जापान लगायतको मुलुकबाट पनि सहभागिता रहने महोत्सव निर्देशक जगत तामाङले जनाए । ‘फिल्महरु धमाधम आइरहेका छन्’, उनले भने, ‘झण्डै एक दर्जन फिल्म प्राप्त भइसकेको छ ।’

महोत्सवको पहिलो चरण अन्र्तगत यसअघि ललितपुरको भारदेउमा ‘दुई दिने चलचित्र स्क्रीप्ट लेखन तालिम’ सम्पन्न भइसकेको उक्त कार्याशालामा तयार पारिएको पटकथामाथि पनि महोत्सवकै सहकार्यमा धमाधम लघु फिल्महरु बनिरहेको महोत्सव संयोजक मीन कुमार मोक्तानल बताए । ‘महोत्सवमा फिल्म सम्बन्धी प्यानल डिस्कसन, कला प्रदर्शनी, भिजुअल पोइट्री प्रस्तुति समेत हुनेछन्’ उनले भने ।

संसारभरका जुनसुकै मुलुकमा बसोबास गर्ने तामाङ र गैरतामाङले आफ्नो फिल्मी सिर्जना महोत्सवमा पठाउन सक्ने महोत्सव अध्यक्ष बिगेन्द्र तामाङले जनाए ।

गैरतामाङ एवं विदेशी चलचित्रकर्मीको हकमा तामाङ समुदायको विषयबस्तुमा आधारित फिल्म हुनुपर्ने उनले वनाए । रिलिज नभइसकेको फिचर लेन्थ, सर्ट फिल्म, डकुमेन्ट्रीस“गै म्युजिक भिडियो समेत महोत्सवमा प्रतिस्पर्धा गर्न पाउने महोत्सव बताइएको छ । ‘मुलुकको सांस्कृतिक पर्यटन प्रबद्र्धनको उदेष्यले पनि महोत्सव गर्न लागेका हौं’ अध्यक्ष वाइबाले भने ।

खाना महोत्सव, पुस्तक तथा तामाङ पोशाक प्रदर्शनी पनि समेत हुने महोत्सवमा छानिएका फिल्महरुले ग्राण्ड जुरी, बेष्ट डकुमेन्ट्री, बेष्ट सर्ट फिल्म, अडियन्स च्वाइस र इन्करेज्मेन्ट अवार्डका लागि प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जनाइयो ।