लभ स्टेशनको उत्साहजन ब्यापार, शनिबार सबैतिर हाउसफुल,

ब्युटी न्युज नेपाल
काठमाडौं, २४ चैत

मौसमको खराबीबीच पनि चलचित्र लभ स्टेशनको व्यापार उत्साहजनक छ । शुक्रबारबाट मुलुकका १०४ ओटा सिनेमा हलमा यो फिल्म रिलिज भएको हो । चलचित्र लभ स्टेशनले पहिलो दिन राम्रो व्यापार गरेको थियो । यो चलचित्र शनिबार सबैतिर हाउसफुल भएको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।

शनिबार बिहानै देखिको वर्षाले केही बिथोले पनि दर्शकहरुको हलमा आगमन रोकिएन । दिउँसो गोपिकृष्ण मूभिजको चार ओटा हल, अष्ट नारायणको दुई ओटा हल, गुण सिनेमाका तीन ओटा हल एक सो मै हाउसफुल भयो । यस्तै प्रदर्शन भएका काठमाडौंका सबै मल्टिप्लेक्स दिउँसो हाउसफुल रह्यो ।

चलचित्रका वितरक गोविन्द शाहीका अनुसार फिल्मलाई दर्शकले मन पराएका छन् । मुलुकका सबैजस्तो सिनेमा हल शनिबार हाउसफुल रहेको उनले बताए । आईतबारबाट मौसम बिहानै देखि राम्रो रहेको र ब्यापार पनि राम्रो रहेको शाहीले जानकारी गराए ।

Posts Middle Ads (750px wide)

यसैबीच शनिबार दिउँसो काठमाडौंको गोपिकृष्ण, बिएसआर, अष्टनारायण लगायतका सिनेमा हलमा अभिनेता प्रदीप खड्का, प्रकाश शाह, अभिनेत्री जसिता गुरुङलगायतको लभ स्टेशन टिम पुगेका थिए । यी कलाकारलाई सँगै पाउँदा दर्शकहरु निकै खुसी भएका थिए । प्रदीप र जसितासँग दर्शकले सेल्फी खिच्नुका साथै अटोग्राफ लिए । दर्शकहरुको सेल्फी लिने भिडबाट कलाकारलाई जोगाउन निर्माण पक्षलाई यी फिल्म हलमा हम्मे हम्मे परेको थियो ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

उज्ज्वल घिमिरे निर्देशित यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

 

After Posts Ad 2 (750px wide)
Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More