बर्षामा पनि लभ स्टेनको राम्रो ब्यापार


राजधानी समाचारदाता
काठमाडौं, २३ चैत

चलचित्र लभ स्टेशन शुक्रबारबाट मुलुकका १०४ ओटा सिनेमा हलदेखि रिलिज हुने छ । शनिबार बिहानै देखिको वर्षाले केही प्रभाव पारे पनि गोपिकृष्ण अष्ट नारायण लगायतका सिनेमा हल र मल्टिप्लेक्सका हलहरुमा फिल्म हाउसफुल भएको यसका प्रस्तुतकर्ता गोबिन्द शाहीले बताएका छन् ।

अग्रज निर्देशक उज्ज्वल घिमिरेले यो चलचित्रलाई निर्देशन गरेका हुन् । आफ्नो चलचित्र साँगीतिक प्रेम कथामा आधारित उनले बताएका छन् ।

यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

यसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।