पप गायिका सरस्वती लामा अव डार्क एण्ड लाइटकी नायिका


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ चैत

रक पप गायिका सरस्वती लामा यतीबेला निर्माताको रुपमा फिल्म निर्माणमा जुटेकी छिन् । खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘द डार्क एण्ड लाइट’ को निर्माण उनले सुरु गरेकी हुन् । उनी यो फिल्ममा नायिकाको रुपमा प्रस्तुत हुनेछिन् । शुक्रवार यो फिल्मको शुभमुहुर्त सम्पन्न भएको छ ।

पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित समारोहमा चलचित्रको क्यामरा पूजा गर्दै शुभमुहुर्त गरियो । त्यसक्रममा चलचित्रका निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामा तथा निर्देशक राजु अर्यालले क्यामराको पूजा गरेका थिए । वरिष्ठ गीतकार राजेन्द्र्र थापाले नविरल फुटाएर शुभुमुहर्त भएको घोषणा गरेका थिए ।

वृद्धाश्रममा आश्रित वृद्ध–वद्धाहरुलाई खाना खुवाउने उदेश्यले गरिएको शुभमुहुर्त समारोहमा चलचित्रकी अभिनेत्री तथा निर्देशक सरस्वती लामा तथा गायक डेविड शंकरले चलचित्रको प्रोमोशनल गीत गाएका थिए । उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको संगीत निर्देशन छ ।

मुहुर्त समारोहमा गीतकार राजेन्द्र थापाले चलचित्रका लागि शुभकामना दिंर्दै आफूले चलचित्रका लागि जनजिब्रोमा झुण्डिने शैलीको गीत तयार पारेको बताए । चलचित्रमा राजु अर्याललाई मुख्य निर्देशकको रुपमा रहने छन भने पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टले पनि निर्देशनमा सहयोग गर्नेछन् ।

गायिकाको रुपमा स्थापित भैसकेकी सरस्वती लामाले यही चलचित्रमार्फत पाश्र्व गायनका साथै अभिनय र निर्देश्ँनको क्षेत्रमा समेत सक्रिय हुन लागेको बताइन् ।

चलचित्रका प्रस्तुतकर्ता, निर्देशक तथा अभिनेता पिटर खालिङले यो चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्व प्रधान हुने धारणा व्यक्त गरे । चलचित्रमा पिटर खालिङ र सरस्वती लामासहित सेसुका राई, सुमन मगर, प्रिन्सा राई आदि कलाकारहरुले मुख्य भूमिका निर्वाह गर्दैछन् ।

चलचित्रका मुख्य निर्देशक राजु अर्यालले चलचित्रको विषयवस्तुका बारेमा प्रकाश पार्दै हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्न लागिएको बताए ।

शुक्रवारदेखि नै छायांकनमा गएको यो चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देश्ँन रहने छ भने सविन भट्टराईले यो चलचित्र छायांकन गर्नेछन् । चलचित्रका अन्य गीतमा प्रताप दास तथा मेलिना राईको समेत पाश्र्व गायन रहने बताइएको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् । एक महिनाको सेड्यूलमा छायांकन सम्पन्न गर्ने लक्ष्य लिएको यो चलचित्र दसैंअघि नै दर्शकमाझ आउने जानकारी गराइएको छ ।