आयो यात्राको तेश्रो गीत डुली डुली…


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ चैत

चलचित्र ‘यात्रा ः अ म्युजिकल भ्लग’ को प्रदर्शन मिति नजिकिँदै छ । प्रदर्शन हुन एक साता बाँकी हुँदा यो फिल्मको तेस्रो गीत डुली डुली…को भिडियो बिहिबार दिउँसो युट्युबबाट रिलिज गरिएको छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराई निर्देशित यो चलचित्र २९ चैतबाट मुलुकका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्ष प्रचारमा सक्रिय भएको छ ।

बिहिबार रिलिज गरिएको गीत डुली डुली…मा मेलिना राईको स्वर रहेको छ । यही चलचित्रबाट नायिकामा डेब्यु गरेकी मलिका महत गायिकाको रुपमा फिल्ममा छिन् । यो गीत उनलाई गायिकाको रुपमा स्थापित गर्न प्रस्तुत गरिएको छ ।

यो गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको छ । यसलाई प्रतिकले कोविद बज्रसंग सँगीत गरेका हुन् । गीतमा मलिका दृष्टीहिन भूमिकामा छिन् । गीतमा फिल्मका अन्य कलाकारहरु सलिनमान बनिया, जान्वी बस्नेत, रेअर राई, विशाल कटवाल, प्रेक्षा बज्राचार्यलगायतको अभिनय छ ।

फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ, बिक्रम पराजुली, मुक्ति तिम्सिना राम शरण घिमिरे र सुशील पोखरेल पनि निर्माता रहेका छन् ।

चलचित्र यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । जसमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई योगेश जंग कुँवर, इश्वर पौडेल , नानीकाजी डंगोल लगायतको अभिनय छ ।