ब्युटी न्युज नेपाल
काठमाडौं, २० चैत

अभिनेता अनमोल केसीले आफुले पहिलो पटक चलचित्रमा चार ओटा भूमिका निर्वाह गरेको बताएका छन् । बिगतमा फिल्ममा दुई ओटासम्म भूमिका निर्वाह गरेकामा यस पटक चलचित्र ‘ए मेरो हजुर–३’मा चार ओटा भूमिका निर्वाह गरेको उनले बताएका छन् । फिल्म कृमा उनले आफुलाई दुई ओटा फरक लुक्समा देखाएका थिए ।

झरना थापाको निर्देशनमा तयार भएको भएको चलचित्र ए मेरोह हजुर ३ यही २९ चैतबाट देशव्यापी रिलिज हुँदैछ । फिल्ममा आफुले निर्वाह गरेको चार ओटा भूमिका मध्य ट्रेलरमा दुई ओटा भूमिका मात्र देखाईएको अनमोलले खुलासा गरेका छन् ।

ए मेरो हजुर ३ मा आफुलाई चार ओटा भूमिकामा दर्शक फरक फरक रुपमा देख्न पाउने यी अभिनेताको दाबी छ । निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर ३ मा अनमोललाई ‘मेघा स्टार’को रुपमा पहिलो पटक प्रस्तुत गरेका छन् ।

फिल्म भित्रै आफुलाई मेघा स्टारको रुपमा प्रस्तुत गरिएको पनि यी अभिनेताले हिँस दिएका छन् । अभिनेता अनमोलका अनुसार उनी फिल्ममा एक स्टार गायकको रुपमा छन् । फिल्ममा प्रेम भन्ने पात्र स्टार सिँगरको रुपमा रहेको उनले जानकारी गराएका छन् ।

अभिनेता अनमोलको अर्को भूमिका घनश्याम महर्जन हो । उनी काठमाडौंका एउटा नेवार परिवारको सामान्य युवा घनश्याम महर्जनको भूमिकामा छन् ।

अनमोलको तेश्रो भूमिका हो सम्भ्रान्त राणा परिवारको ब्यबसायी युवा । यो भूमिकाबारे ट्रेलरमा केही छनक दिईएको भए पनि त्यसको बारेमा प्रस्ट खुलाईएको छैन । अझ उनको चौथो क्यारेक्टरको बारेमा त ट्रेलरमा कत्ति पनि खुलाईएको छैन । अनमोलको भनाईमा चार ओटा क्यारेक्टरको ड्रेसअपसँगै हेयर स्टाईल पनि दर्शकले यो फिल्ममा फरक देख्ने छन् ।

यसरी गेट अप देखि हेयर स्टाईलसमेत फरक फरक देखाउनु पर्ने भएकाले उनको फरक फरक चरित्रको छायाँकन फरक फरकसमयमा गरिएको निर्माण पक्षको भनाई छ ।

चलचित्र ए मेरो हजुर ३ मा नवोदित अभिनेत्री सुहाना थापाको जोडी भएर अभिनेता अनमोल केसी प्रस्तुत भएका छन् । यी दुईको जोडीलाई ए मेरो हजुर ३ को गीत र ट्रेलरमा रुचाईएको छ । पहिलो फिल्मबाट आफुलाई अनमोलको जोडीको रुपमा दर्शकले लिन थालेकोमा सुहानाले पनि खुसी व्यक्त गरेका छन् ।