ब्युटी न्युज नेपाल
काठमाडौं, १७ चैत

यस अघि सुन्दरादेबी साप्ताहिक म्युजिक अवार्ड आयोजना गर्दै आएका किरण अधिकारीले अर्को नयाँ म्युजिक अवार्ड ‘पहिलो नाट्यश्वर म्यूजिक अवार्ड’ सुरु गरेका छन् ।

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवको प्रमूख आतिथ्यतामा कलाकर्मीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । काभ्रेको बनेपामा आईतवार आयोजित  ‘पहिलो नाट्यश्वर म्यूजिक अवार्ड’ प्रदान समारोहमा डा. यादवको हातबाट नेपाली चलचित्र, संगीत तथा रंगपत्रकारिताको क्षेत्रमा योगदान पुर्यादएकाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

उक्त समारोहमा पुराना लोक गायक शिव नारायण जोशीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । नेपाली चलचित्र क्षेत्रमा पाँच दशक भन्दा लामो योगदान दिएका अभिनेत्रीद्वय चैत्य देवी र बसुन्धरा भुषाललाई ’नाट्यश्वर स्वर्ण सम्मान’बाट सम्मानित गरियो ।

साँढे दुई दशक देखि पत्रकारितामा सक्रिय पत्रकार शान्तिप्रिय एवम् गीतकारलाई ’नाट्यश्वर रजत सम्मान’बाट सम्मानित गरियो । यस्तै एक दशक भन्दा लामो समयदेखी रंगपत्रकारिमा सक्रिय जिवन पराजुलीलाई ’नाट्यश्वर रत्न रंग पत्रकारिता पुरस्कार’ प्रदान गरिएयो । सोही कार्यक्रममा पत्रकारद्वय सचित खड्का र स्वस्तिका चिलुवाललाई ’नाट्यश्वर कला पत्रकारिता सम्मान’ दिईएको थियो ।

गायक सिताराम पोखरेल, हरी कर्माचार्य, सरु थापा, बिबि लामालगायतका श्रष्टालाई ’नाट्यश्वर बिशेष सम्मान’बाट सम्मानित गरियो । कुनै झकिझकाउ शैली बिना केबल अवार्ड प्रदानको लागि सामान्य रुपमा आयोजना गरिएको कार्यक्रममा साथै अन्य केहि कलाकर्मीहरुलाई पनि सम्मान प्रदान गरिएको थियो ।

एक बर्ष भित्र सार्वजनिक भएका गीत(संगीतलाई आधार मान्दै सो कार्यक्रममा ४५ विधामा ’नाट्यश्वर म्यूजिक अवार्ड’ प्रदान गरियो । जसमाउत्कृष्ट पप गायक पुस्कर सुनुवार, पप गायिका लक्ष्मी प्रधान पुरी, पप संगीतकार सन्तोष श्रेष्ठ, आधुनिक गायक योगेश विक, आधुनिक गायिका सारिका घिमिरे, आधुनिक संगीतकार यम गुरुङ्ग, लोकगायक बल ब. गुरुङ्ग, लोकगायिका श्रीदेवी देवकोटा लगायतलाई प्रदान गरियो ।

पूर्वराष्ट्रपति डा. यादवले अवार्ड समारोहमा बोल्दै हरेक मानिस कलाकार र मानिसको जीवन नाटक भएतापनि कलाकारले पेशागत कलाकारिता गरिरहेको बताए । आफुले सँधै कला क्षेत्रलाई सम्मान गरिरहेको जिकिर गर्दै डा. यादवले नेपाली कला क्षेत्रमा आफ्नो तर्फबट हुनसक्ने सम्पूर्ण सहयोग गर्न सदैव तत्पर रहने सो क्रममा जिकिर गरे ।