ब्युटी न्युज नेपाल
काठमाडौं, १७ चैत

चलचित्र ‘आरुसी’ को पहिलो अफिसियल गीतको भिडियो ओएसआर युट्युव च्यानलमा मार्फत शनिबारसार्वजनिक गरिएको हो । मरे भने मरेको पल… गीतको भिडियोमा डेव्यु अभिनेता इशक राई र अभिनेत्री कला राईले अभिनय गरेका छन् ।

गीतमा दीपक लिम्बु र अन्नु चौधरीको स्वर रहेको छ । दिनेश राउतको शब्दमा तारा प्रकाश लिम्बु संगीतबद्ध गीतमा दीनेश पाख्रिनको कोरियोग्राफी हेर्न सकिन्छ । विक्रम डिसीले छायांकन गरेको चलचित्रलाई सुजन बडालले सम्पादन गरेका हुन् ।

यसलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । चलचित्रलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा इशक र कलासँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पन्डित, दमन रुपाखेती, विरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहेको छ ।

गणपति फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको छ ।