प्रदीपलाई भेट्दा रोए युवती कलेज क्याम्पियनमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ चैत

चलचित्र लभस्टेशनले केही दिन यताबाट कलेज क्याम्पिएन थालेका छ । विभिन्न कलेज पुग्दा अभिनेता प्रदीप खड्काका फ्यानहरु निकै खुसी देखिएका छन् । यस्तै शुक्रबार बिहान लभ स्टेशन टिम काठमाडौंका चावहिल स्थित ब्रिलेन्ट कलेज पुग्दा त्यहाँ फ्यानहरुले अभिनेता प्रदीप खड्कालाई घेरे ।

विशेष गरेर युवती फ्यानहरुले प्रदीपलाई अँकमाल गरे । आफ्ना प्रिय अभिनेतालाई एक्कासी भेट्दा युवती फ्यानहरु अँकमाल गर्ने क्रममा रोएका पनि दिए । उनीहरुले यी अभिनेतासँग अटोग्राफ लिए । सँगै सेल्फी खिचे । कार्यक्रममा कलेजका तर्फबाट अभिनेता प्रदीप खड्का सहित लभ स्टेशन टिमलाई भव्य स्वागत गरियो । उनी सहित अर्का अभिनेता प्रकाश शाह र प्रस्तुतकर्ता गोबिन्द शाही सो कलेजमा शुक्रबार बिहान पुगेका हुन् ।

कार्यक्रममा अभिनेता प्रदिप, प्रकाश र प्रस्तुतकर्ता गोविन्दले आफ्नो चलचित्रको बारेमा जानकारी गराए । २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्र सांगीतिक प्रेम कथामा आधारित रहेको अभिनेता प्रदीपले जानकारी गराए ।

यस्तै बिहिबार काठमाडौंको बागबजार स्थित पद्मकन्या क्याम्पसमा लभ स्टेशन टिम पुगेको थियो । त्यहाँ सहभागी हजारौं युवती विधार्थीहरुले पनि अभिनेता प्रदीपसँग सेल्फी खिच्ने, अटोग्राफ लिने, अँकमाल गर्ने काम गरे । एकै पटक थुप्रै युवतीहरुले प्रदीपलाई अँकमाल गरेर रुन थालेपछि यी अभिनेता त्यहाँ पनि सुरक्षा दिन हम्मे हम्मे परेको थियो । पद्मकन्याका विधार्थीहरुले २२ चैतमा चलचित्र लभ स्टेशन हेर्न आफुहरु आतुर रहेको बताएका थिए । केही दिन यताबाट लभ स्टेशन टिम हरेक दिन कलेज क्याम्पिएनमा छ ।

उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको चलचित्र लभ स्टेशनको सम्पूर्ण निर्माण कार्य सकिएको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।