दर्जन मोडललाई प्रतिस्धर्पामा उतार्दै सुरु भयो हृदय भरी


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ चैत

निर्देशक सुरज सुब्बा नाल्बो नयाँ चलचित्र ‘हृदय भरी’को छायाँकनमा उत्रिएका छन् । काठमाडौंमा एउटा सेट लगाएर सौन्दर्य प्रतियोगिता आयोजना गर्दै शुक्रबारबाट नाल्बोले छायाँकन सुरु गरेका हुन् ।

सो दृष्यबारे निर्देशक नाल्बोले भने,‘फिल्मको महत्वपूर्ण सिन हो यो । जसले फिल्ममा मोड ल्याउँछ ।’ फिल्मको एउटा दृष्यमा ब्युटिपेजेन्ट देखाउनु पर्ने भएकाले आज यो छायाँकन गरेको हुँ भन्दै निर्देशक नाल्बोले अगाडि थपे,‘ब्युटीप्याजेन्टको फिनालेको दृश्यको सजावट भएकाले यसलाई निकै मेहनतका साथ खिचिरहेका छौ ।’

शुक्रबारको छायाँकनमा झन्डै पन्ध्र बढी व्यावसायिक मोडेलसंगै यो चलचित्रकी नबोदित मुख्य नायिका श्रद्धा क्षत्री र रेखा लिम्बुलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफ गरिरहेकी थिइन् । यसैफिल्म मार्फत श्रद्धा क्षत्री नेपाली फिल्ममा डेब्यु गर्दै्छिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् ।

फिल्मको यस दृश्यलाई निर्देशक सुब्बाले ४ वटा क्यामेराले कैद गरिरहेका थिए । उनले फिल्मको बिषयबस्तु काठमाडौंकै रहेको बताए । यसको गीत धरान र विदेशमा छायाँकन गरिने पनि उनले जनाए ।

यो चलचित्रमा नीर शाह, सुनिल थापा, आकाश बाबु खबास, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसी, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ ।