ए मेरो हजुर ३ को ट्रेलर नयाँ रेकर्ड, २४ घन्टामा ८ लाख भ्युज


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ चैत

ए मेरो हजुर ३ को ट्रेलरले पनि नयाँ रेकर्ड कायम गरेको छ । रिलिज भएको २४ घन्टामा यो चलचित्रको भिडियोलाई ८ लाख पटक युट्युवमा हेरिएको छ । यो चलचित्रको ट्रेलर १४ चैत साँझ रिलिज गरिएको हो । चलचित्र ए मेरो हजुर ३ यही २९ चैतबाट रिलिज हुँदैछ ।

२४ घन्टामा बढी ४८ हजार लाईक यो चलचित्रको ट्रेलरले पाएको छ । यती छोटो समयमा नेपाली चलचित्रको ट्रेलरले यती धेरै लाईक पाएको यो पहिलो पटक हो । जबकी क्याप्टेनको अहिलेसम्म ७१ हजार मात्र लाईक गरिएको छ । यो ट्रेलरमा २४ घन्टामा ४८ हजारले मन पराउँदा जम्मा १६ सयले मात्र डिस लाईक गरेका छन् ।

 

अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, अर्पण थापा अभिनित यो चलचित्र एक मेरो हजुर ३ लाई झरना थापाले निर्देशन गरेकी हुन् । यो ट्रेलर १३ चैतमै रिलिज गर्ने भनिए पनि प्राविधिक कारणले यसलाई १४ चैतमा रिलिज गरिएको हो ।

सुनिल कुमार थापा निर्देशित यो चलचित्र साँगीतिक प्रेम कथामा आधारित छ । फिल्ममा अभिनेता अनमोल केसी पहिलो पटक गायकको भूमिकामा छन् । गायक प्रेमको रुपमा प्रस्तुत भएका अनमोल फिल्ममा स्टार गायकको रुपमा हुन्छन् । आफ्नो फ्यानसँग परिचय लुकाउन उनी गायक प्रेम जस्तै देखिने घनश्याम महर्जनको भूमिकामा छन् । उनको प्रसँसक एबम् प्रेमिकाको भूमिकामा नव अभिनेत्री सुहाना थापा छिन् ।