आमा झरना जस्तै छोरी सुहाना


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ चैत

अभिनेत्री झरना थापा अढाई दशक लामो अभिनय यात्रापछि फिल्म निर्देशनमा ए मेरो हजुर २ बाट लागिन् । आफ्नो निर्देशनमा बनेको दोश्रो फिल्म ए मेरो हजुर ३ बाटै उनले आफ्नो बिँडो थाम्न छोरी सुहाना थापालाई नायिकाको रुपमा उतारिन् ।

यो फिल्मको बुधबार साँझ काठमाडौंको बिग मूभिजमा ट्रेलर रिलिज गरियो । फिल्मको ट्रलर युट्युवमा भने बिहिबार बिहान मात्र आउने छ । यही कार्यक्रममार्फत सामुहिक रुपमा मिडियमा नव अभिनेत्री सुहाना थापा र अभिनेता अनमोल केसी सार्वजनिक भए ।

फिल्म ए मेरो हजुर ३ बाट सुहानाले डेब्यु गरेकी हुन् । यो चलचित्रमा उनी अभिनेता अनमोल केसीको जोडी भएर आएकी छिन् ।

नवोदित अभिनेत्री सुहाना थापाको फिल्ममा सम्बाद बोल्न शैली, शारीरिक हाउभाउ, प्रस्तुत र रुप रँग सबै आमा झरना थापा जस्तै देखियो । ट्रेलर हेर्ने सबैले सुहानाको अभिनय देखि प्रस्तुति शैली समेत झरनाकै जस्तो देखियो भने । आमाको रुप र गुणसँगै शैली र अभिनय पनि उस्तै भएकी सुहानालाई धेरैले झरनाको नयाँ रुप भनेर ब्याख्या गरेका छन् ।