सुवास केसीको गीति भिडियोमा आमा…


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ चैत

गायक सुवास केसीले आफ्नो नयाँ गीत आमा…को भिडियो रिलिज गरेका छन् । गीतमा केसीकै स्वर, शब्द र सङ्गीत रहेको छ । सविन लिम्बुको एरेञ्ज रहेको गीतको भिडियो युट्युवबाट सार्वजनिक भएको हो ।

रामजीत राउतको निर्देशन रहेको गीतको भिडियोमा मधु न्यौपाने, केसु गुरुङ, नवराज पाण्डे, जीत तामाङ र बालकलाकार ड्रिम दुलालको अभिनय रहेको छ ।

अर्जुन सापकोटाको छायाँकन रहेको गीतको भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन गरेका छन् ।