भिमफेदी गाइजको सिङ्गल छु…


ब्युटी न्युज नेपाल
काठमाडौं १२ चैत

भिमफेदी गाइजका कलाकारहरु सिङ्गल छु…भन्दै फेरी नयाँ भिडियो मार्फत दर्शकमाझ आएका छन् । गायक आर के खत्रीको आवाजमा रहेको गत सिङ्गल छु…को भिडियोमा भिमफेदी गाईजका कलाकारले नृत्य गरेका छन् ।

गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । नवीन प्रभातको शब्द रहेको गीतमा गायक खत्री कै संगीत रहेको छ । एरेन्ज रिकेश गुरुङको रहेको छ ।

भिमफेदी गाइजका निर्मला लामाको भिडियो कोरियोग्राफी रहेको गीतमा भिमफेदी गाइजका कलाकार र अलिसा राईको नृत्य छ ।

गायक खत्रीले पनि भिडियोमा अभिनय गरेका छन् । भिमफेदी गाइजका निर्मल लामाकै निर्देशन रहेको गीतको भिडियोमा छायाङ्कन र सम्पादन पवन सुस्लिङको हो ।