दर्जन नेपाली नायिका एकाएक बने साईंली


गसिप

ब्युटी न्युज नेपाल
काठमाडौं १२ चैत

प्रदर्शनको मिति नजिकिँदै गर्दा चलचित्र साईलीले प्रचारका केही नयाँ माध्ययम रोजेको छ । दुई सन्तान इश्वरको बरदान भन्ने नारा नेपाल परिवार नियोजन संघले २०४२ सालतिर अघि सारेर पुरुष तथा महिलाको बन्ध्याकरणको अभियान नै चलायो । त्यसपछि मुलुकमा साईंला, साईंलीहरुको जन्मने क्रम स्वात्तै घट्यो । सोही कारण साईंली शब्दको प्रचलन पनि राम्रैसँग घट्यो । कतिपय अहिलेका पुस्तालाई त साईंलीको अर्थ पनि थाहा छैन ।

याता नेपाली चलचित्र क्षेत्रलाई बन्ध्याकरणको अभियानले छोएन । त्यसैले यस अघि नै ठुली, माईली, कान्छी जन्मिएका थिए । यसपटक साईंली पनि जन्मिईन् । तर ०४२ पछि पुरुष, महिलाको बन्ध्याकरण अभियानकै क्रममा जन्मिएका अहिलेका कैयौं दुई सन्तानलाई यो साईंली भन्ने कुरा कुन चरीको नाम हो जस्तो लाग्न सक्छ ।

चलचित्र साईंलीको निर्माण पक्षले सोही कारण साईंली शब्द नेपाली दर्शकको मुखमा झुन्डियोस र कन्ठ होस भन्दै साईंलीको भक्स पप अभियान चलाएको छ । नेपाली चलचित्र क्षेत्रका दर्जन नायिकाहरुले यो अभियानमा भाग लिए । परिवारमा आफु जे भए पनि यी अभिनेत्रीहरुले आफुलाई एकाएक साईंली घोषणा गरेका छन् ।

प्रचार प्रसारको यो अभियान राम्रो हो । आफ्ना सेलीब्रेटीले आफुलाई साईंली घोषणा गर्दा दर्शकले पनि यो चलचित्रको फेसबुक पेजमा आफुलाई साईंली घोषणा गरेका छन् । यो राम्रो पक्ष हो । दर्शकलाई साईंली कन्ठ भयो ।

तर नाम मात्रको भक्स पप कहिले काहीं सार्थक नहोला । हो, कुनै समय चिरञ्जिबी बस्नेतले चलचित्र चोर निर्माण गरेका थिए । उनले नै अर्को चलचित्र चन्डाल पनि निर्माण गरेका थिए । यस्तै अर्का निर्माता कलाकार तैयब शाहले चलचित्र बेईमान निर्माण गरेका थिए । राजेन्द्र बहादुर मानन्धरले फिल्म निर्मोही बनाए । यता निर्माता रोशनी केसीले गत वर्ष डाक्टर खाते निर्माण गरिन् ।

https://www.facebook.com/ghentertainmentnepal/videos/376402736288402/?__tn__=kCH-R&eid=ARCTCr6kxWg9ucnCb4AgExFLFobdrgFt8rrJO-ipi4x1Y-BhUQg6DUXzcUQs2R8qzDvXMRky-PHbvaTA&hc_ref=ARSmbwh-AAZHOhIGtLeW9eoaFAarV_p1xUinaKNawz7WMOJpJyVtymG670mF0ghYMrU&fref=nf&__xts__[0]=68.ARCRHwdbIhc2ebWB6u1O9KXIODAycxOPJ_GeSYmdwOXkkIRcCdUjDTFNppgXL8rq2b6GGycEVUhR_RO0HZiQFwhS4_VSF-PdC32DCuiMz1JsUFRq4xlp0zuQd2mSt_xLySZ2JH3zF0MARuLn3i3j3sRXbKB7C91E5Rc7y14tGTCLkpwabGlpiR8eBwZi3PjXWG2eWIERfLDDIQ3Bz5VqyrU35sRjFRyxtKu8yD8RsdH_UtZPvS63Xs2zWT9CZueY8O7ex1Ux8pBM_HBRpvQ5m657vd4Up3MhvqHTuk2RjqYb6OthOO_9EtXAXQguSvPfUKB5vq9YwG-YSt_PJvPPq76Oy0EtprnN-LRr

यदी यी फिल्मको पनि नामको प्रचार गर्न हाम्रा सेलिब्रेटीहरुले म साईंली अर्थात म पनि साईंली भनेझैं भक्स पप दिएको भए गजबै हुन्थ्यो । फिल्म चोरको भक्स पपमा ‘म चोर’, ‘म पनि चोर’, ‘म झनै चोर’ हुन्थ्यो । चलचित्र बेईमानको भक्स पपमा ‘म बेईमान’ ‘म पनि बेईमान’ हुन्थ्यो । यस्तै चलचित्र निर्मोहीको भक्स पपमा ‘म निर्मोही’, ‘म त झनै निर्मोही’ हुन्थ्यो । चलचित्र डाक्टर खातेको भक्स पपमा ‘म डाक्टर खाने’, ‘म पनि डाक्टर खाते’, ‘म पक्का डाक्टर खाते’, हुन्थ्यो ।

त्यसैले जेठी, कान्छी, ठुली, सानी अभिनेत्रीहरु आफुलाई साईंली घोषणा गर्नु भन्दा ‘१५ चैतमा म साईंली हेर्छु । तपाई पनि हेर्नुस् है’, भनेको भए प्रचार अझ प्रस्ट हुन्थ्यो की ! सबैले आफुलाई साईंली त घोषणा गरे । तर साईंली हेर्न भक्स पपमा कसैले पनि अनुरोध गरेनन् । त्यसैले दर्शकले पनि सामाजिक सञ्जालको कमेन्टमा आफुलाई साईंली घोषणा गरे । तर १५ चैतमा चलचित्र साईंली हेर्न जाउँ भनेनन् ।

आधा वर्षदेखि नेपाली चलचित्रको बजार ठप्प छ । झन यसै साताबाट सुरु भएको एसईई र स्कुल तहको परीक्षाले हलमा दर्शकको उपस्थिति अति न्युन छ । त्यसैले हामी आफुलाई साईंली घोषणा गर्दैनौं ।

हामी भन्छौं,‘१५ चैतमा चलचित्र साईंली सहित, अन्य मितिमा आउने सबै नेपाली चलचित्र हेरौं । नेपाली उत्पादनलाई प्रोत्साहन गरौं । नेपाली पैसालाई बिदेशिनबाट रोकौं ।’ यो बिज्ञापन हैन । राष्ट्रियताको एउटा अभियान हो ।