यस्तो कथा बोकेर आयो यात्राको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ चैत

कक्षामा पढाई हुन्छ । पढाईको क्रममै शिक्षकले जीवनमा परिवर्तन ल्याउन सक्ने ब्लग तथा बृत्तचित्र बनाउने प्रेरणा दिन्छन् । अनी केही विधार्थीले सुरु गर्छ ब्लग निर्माण । पात्र र कथा खोज्दै सडक देखि घरसम्मको ब्लग बनाउँछन् ।

नयाँ कथाको खोजीमा पहाडी गाउँमा उनीहरुले स्थानीय दृष्टी बिहिन गायिका तपस्या भेट्छन् । तपस्यालाई शहर ल्याएर सफल गायिका बनाउने उनीहरुको कोशिसले थुप्रै समस्या निम्तिन्छ । कारण तपस्याको हत्याको प्रयास हुन्छ । तपस्याको पछि लागेका ती भूमिगत गिरोहसँग यी ब्लगरहरुले शसस्त्र द्धन्द्ध समेत गर्छन ।

आगामी २९ चैतबाट देशव्यापी रिलिज हुने चलचित्र यात्रा द भ्लगको सोमबार रिलिज गरिएको ट्रेलरको कथाँस हो यो । फिल्म ‘एक्सन एन्भान्चर’ बनेको ट्रेलरले दर्शाउँछ ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको यो फिल्ममा ब्लगरको रुपमा सलिनमान बनियाँ र उनका साथीहरु छन् । जसमा सलोन बस्नेत, मल्लिका महत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ ।

यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । केशब भट्राई, शुशिल पोखरेल, चिजकुमार श्रेष्ठ, सर्जुमान लिगललगायतले सँयुक्त निर्माण गरेका हुन् ।