केशब भट्टराईले सम्हाले बोर्ड अध्यक्षको कार्यभार


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ चैत

निर्माता केशब भट्टराईले चलचित्र विकाश बोर्डको चावहिल स्थित कार्यालय पुगेर सोमबार अपरान्ह आफ्नो कार्यभार सुरु गरेका छन् ।

बिहिबार मन्त्री परिषदको बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष समेत रहेका भट्टराईले सो पदमा समेत राजिनामा दिएर बोर्ड अध्यक्षको कार्यभार सम्हालेका छन् ।

उनलाई बोर्डमा नेपाली चलचित्र बृत्तका निर्माता, निर्देशक, कलाकार, प्राविधिकदेखि बोर्डका कर्मचारीले स्वागत गरे । सोमबार नै बोर्डका केही महत्वपूर्ण कागजातमा सही गरेर उनले बोर्डको काम थालेका छन् ।

सञ्चारकर्मीसँग सो क्रममा संक्षिप्त कुरा गर्दै अध्यक्ष भट्टराईले नेपाली चलचित्र क्षेत्रका समस्यालाई निराकरण गर्ने बताए । चलचित्र नीतिलाई कार्यन्वयनमा ल्याउने पनि उनले सो क्रममा बताए ।