नेपाल हिरो अफ ट्यालेन्टको खोजी


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ चैत

पछिल्लो समय नेपालमा रियालिटी शोको बाढी बढेको छ । यसै क्रममा एन्जल मिडियाले पनि ‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो गर्ने भएको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी गायन नृत्य तथा अन्य प्रतिभालाइ समेटेर गर्न लागिएको रियालिटी शोको गर्न लागिएको जानकारी गराइयो । नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभाहरुलाइ स्थान दिने गरि ‘नेपाल हिरो अफ ट्यालेन्ट’ गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कार्यक्रममा गायक आनन्द कार्की, संगीतकार ओम प्रकाश राइ र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहेका छन् । कार्यक्रम मेघा टेलिभिजन मार्फत प्रशारण हुनेछ । चैत्र २५ गते बाट अडिसन सुरु हुनेछ ।

यो प्रतियोगितामा प्रथम हुनेलाइ नगद ७० लाख, दित्तीय हुनेलाइ २० लाख र तृतीय हुने लाइ नगद १० लाख प्रदान गरिनेछ ।

नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरि १४ वटा मुख्य स्थानमा अडिसन गराई १० हजार जनालाई अडिसनमा सहभागी गराइने कार्यक्रममा जानकारी दिइयो । अडिसन बाट छनोट भएकालाई काठमाडौँ बोलाएर जर्ज राउण्ड बाट भोटिंग राउण्डमा प्रवेश गराई भोटिंग राउण्डबाट नै प्रथम दित्तिएको छनोट गरिने छ ।