कार्यक्रम ब्यवस्थापन संघ नेपाल गठन


ब्युटी न्युज नेपाल
काठमाडौं १२ चैत

सौन्दर्य प्रतियोगिता सहितको इभेन्ट आयोजना गर्दै आएका आयोजकहरुले संगठित भएका छन् । एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबवहादुर कार्कीको अध्यक्षतामा ‘कार्यक्रम ब्यवस्थापन संघ नेपाल’ गठन गरेका छन् ।

संघमा उपाध्यक्ष शान्ता कुमारी तामाङ, महासचिव सावित्री ढुंगााना, प्रवक्ता सरोज ओझा, सचिव सोनितराज ढुंगेल, सहसचिव डेविल सिहं राजपुत, कोषाध्यक्ष राजेन्द्र लुईटेल, सहकोषाध्यक्ष टेकराज पाण्डे रहेका छन् ।

मोनीत महर्जन, तृष्णा गुरुङ, प्रदिपराज वन्त, सुरज थापा, सपना राई, अशोक तामाङ सदस्य तथा गोकर्ण लामीछाने, राजिव दियाली, सविना श्रेष्ठ, समिर लामा, पासाङ शेर्पा, पवन कोईराला र नारायण थापा संस्थापक सदस्य रहेका छन् ।

पेशागत हकहितका निम्ती सांगठनिक रुपमा अघि बढनुपर्छ भन्ने सोचका साथ यस पेशामा आवद्ध रहेकाहरु एकजुट भई संघ गठन गरिएको काठमाडौंमा आयोजित घोषणा कार्यक्रममा अध्यक्ष कार्कीले जानाकारी गराए ।

पूर्व संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री कृपासुर शेर्पाले संघले कार्यक्रममा बोल्दै यो क्षेत्रलाई व्यबस्थित गर्दै अगाडि बढाउनु संघको दायित्व हुने बताए ।