बरिष्ट ब्युटिसियन सुमित्रा रञ्जित अन्तराष्ट्रिय सम्मानबाट सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं ११ चैत

बरिष्ट सौन्दर्यविद् (ब्युटिसियन) तथा यस ब्युटी न्युज नेपालकी सल्लाहकार सुमित्रा रञ्जित थाईल्याण्डको राजधानी बैंकक्मा सम्मानित भएकी छिन् ।

थाईल्यान्डका लागि नेपाली राजदुत डा. खगनाथ अधिकारी, मातृभूमि नेपालका अध्यक्ष एवम् ब्यबसायी सुनिल खड्का लगायतले उनलाई इन्टरनेशनल थाई अवार्ड २०१९ प्रदान गरेका हुन् ।

सौन्दर्य ब्यबसायमा लामो समयदेखि सक्रिय रहेको योगदान पुर्याएको भन्दै बरिष्ट सौन्दर्यबिद सुमित्रालाई इन्टरनेशनल थाई अवार्ड २०१९बाट सम्मानित गरिएको हो । कार्यक्रममा अन्य विधाका व्यक्तिहरु पनि यो सम्मानबाट सम्मानित भए ।

सामुदायिक सञ्चार समुहले बैंककमा यो सम्मान कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रम ब्युटिसियनका तर्फबाट सौन्दर्यबिद् सुमित्रा सम्मानित भएकी हुन् ।

यस्तो सम्मानले यो क्षेत्रमा अझ क्रियाशिल भएर अघि बढ्न आफुलाई प्रेरणा मिलेको बरिष्ट सौन्दर्यबिद सुमित्रा रञ्जितले बताएकी छिन् ।