मेहदीको गीतमा मरिस्का र बिकासको प्रेम पीडा


ब्युटी न्युज नेपाल
काठमाडौं, १० चैत

मेहदी हसन न्यायदीको नयाँ गीत घात…को भिडियो बजारमा आएको छ । भिडियोमा मोडल बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेका छन् । भिडियोमा यी दुईको प्रेम पीडा देखाईएको छ ।

यो गीत निकै मर्म स्पर्सी बनेको छ । भिडियो पनि त्यत्तिकै मार्मिक बनेको छ । समिर राईको शब्द रहेको यो गीतमा नागेन्द्र श्रेष्ठको संगीत छ । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् ।

शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन मुकेश हुमागाईले गरेका हुन् । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । काठमाडौँ आसपासमा खिचीएको गीतमा बिछोडको पिडा देखाइएको छ ।