दर्शकको रोजाईमा परान…, युट्युव ट्रेन्डिङको पर्खाइमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १० चैत

आगामी २९ चैतबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ए मेरो हजुर ३ को दोश्रो गीत परान परान…लाई दर्शकले अहिले सर्वाधिक रुचाएका छन् । यो गीतले युट्युवमा रिलिज भएको दुई दिनमै १४ लाख ५० हजार भ्युज पाईसकेको छ ।

यो गीतलाई बुढासुब्बा डिजिटलबाट शुक्रबार दिउँसो रिलिज गरिएको हो । छोटो समयमा निकै राम्रो भ्युज पाउने रेकर्ड यो गीतले राखेको छ ।

यती धेरै दर्शकको रोजाईमा यो गीत परेर पनि युट्युव ट्रेन्डिङमा ४८ घन्टा हुँदा पनि आउन सकेको छैन । मुलत चलचित्र ए मेरो हजुर ३ कै एक साता अघि रिलिज गरिएको जिन्दगी नै भन्दिन…गीतको भिडियो अहिले पनि युट्युव नेपाल ट्रेन्डिङमा चौथो स्थानमा छ । एउटै च्यानल भएका कारण पनि परान परान… गीत युट्युव ट्रेन्डिङ नेपालमा छिर्न नसकेको हो ।

परान परान गीतमा अनमोल केसी र नव अभिनेत्री सुहाना थापाको लोक शैलीको नृत्य छ । जसमा अनमोल दौरा सुरुवाल, ढाकाको कोट र टोपीमा छन् । नवोदित अभिनेत्री सुहान पनि गुन्यु चोलीमा सजिएकी छिन् । गीतमा दुबैको जोडी सुहाएको छ । भिडियो पनि राम्रो बनेको छ । कोरशको सँख्या अझ बढाएको भए गीत झन राम्रो हुने दर्शकको प्रतिक्रिया छ ।

आषिश अबिरल र अन्जु पन्तको स्वरमा रहेको यो गीतको संगीतकार पनि अबिरल नै हुन् । गीतको शब्द आनन्द अधिकारीले लेखेका हुन् । झरना थापाको निर्देशनमा तयार भएको ए मेरो हजुर ३ लाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।