‘मिसेस् टप अफ द वल्र्ड २०१९’का लागि अलिना


ब्युटी न्युज नेपाल
काठमाडौं, १० चैत

अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा नेपालको प्रतिनिधित्व अलिना तुलाधरले गर्ने भएकी छन् । युरोपको लातभियाको रिगा शहरमा यो प्रतियोगिता आयोजना हुने भएको छ ।

‘मिसेस् टप अफ द वल्र्ड २०१९’का लागि ईप्लानेट प्रा.लिले अलिनालाई रोजेको हो । २९ देखि जून २ तारिखसम्म आयोजना हुने प्रतियोगितामा एलिना कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धीत बिभिन्न प्रशिक्षण सहित सहभागिता जनाउने छिन् । स्नात्तकोत्तर अध्ययन पूरा गरेकी अलिना तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन्, भने उनी व्युटिसियन पनि हुन् ।

व्यतिmको बौद्धिक क्षमता र व्यक्तित्वको सौन्दर्यलाई मात्र नभई गौरवशाली राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मंचमा प्रचार प्रसार गर्ने उदेश्य सहित अलिनालाई ‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा पठाउन लागेको ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए ।