प्रधानमन्त्रीले चिन्दिन भन्दा अभिनेता अनमोल जिल्ल


गसिप

ब्युटी न्युज नेपाल
काठमाडौं ७ चैत

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेता अनमोल केसीको फिल्म हेरेर पनि उनलाई चिन्दिन भन्दा अनमोल केसी जिल्ल परेका छन् । यो वर्षको फागुपूर्णिमाको अबसर पारेर बुधबारसाँझ काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मूभिजमा प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार र विभिन्न मन्त्रीका साथमा अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ हेरे ।

फिल्म हेरेर हलबाट बाहिरिने क्रममा सञ्चारकर्मीले अनमोलको अभिनय कस्तो लाग्यो प्रधानमन्त्रीज्यू भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘अनमोल केसी त चिनेको छैन मैले इशान खड्का मात्र देखें ।’
प्रधानमन्त्रीले पत्रकारसँग यसो भनिरहँदा प्रधानमन्त्रीकै पछाडी अनमोल केसी उभिईरहेका थिए । प्रधानमन्त्रीबाट यस्तो प्रतिक्रिया आएपछि अनमोल जिल्ल परे । उनी एकछिनपछि मुसुक्क हाँसे ।

फिल्म कस्तो लाग्यो भन्ने सञ्चारकर्मीको जिज्ञाँसामा प्रधानमन्त्रीले फिल्मको प्रसँसा गर्दै भने,‘फिल्म इज एमोङ द बेस्ट । एन्ड निशान खड्का इज बेस्ट प्लेयर ।’ उनले फिल्म राम्रो भएको प्रतिक्रिया दिए ।

भुवन केसी निर्मित चलचित्र क्याप्टेन अहिले काठमाडौं र मोफसलका केही सिनेमा हलमा तेश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्रलाई बुधबारसाँझ प्रधानमन्त्रीसँगै प्रदेश ५ मुख्य मन्त्री शँखर पोखरेललगायत विभिन्न अन्य मन्त्री तथा विभिन्न नेताहरुले चलचित्र क्याप्टेन हेरे । क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।