ब्युटी न्युज नेपाल

पोखरा, ६ चैत 

२२ चैतबाट मुलुकका सिनेमा हलमा रिलिज हुने चलचित्र ‘लभ स्टेशन’को प्रचारमा पोखरा पुगेका युवास्टार प्रदीप खड्का, नायिका जसिता गुरुङ र प्रस्तुतकर्ता गोविन्द शाहीले पोखरामा होली मनाएका छन् । ‘लभ स्टेशन’को टिम सहित पोखरा पुगेका प्रदीप र जसिताले बुधबार बिहानै एकअर्कालाई रङ लगाइदिएर होली मनाए ।

मंगलबार दिउँसो पोखरा आइपुगेको चलचित्र टिमले पत्रकार भेटघाट कार्यक्रम गरी चलचित्र बारे जानकारी गराएको थियो ।  ‘लभ स्टेशन’ टिमको आज (बुधबार) पोखरा लेकसाइडमा होली बिशेष भब्य कार्यक्रम भयो । प्रदीप र जसिता पोखरा बसाईको क्रममा कान्तिपुर मिडिया ग्रुपले आयोजना गर्ने होली हंगामा कार्यक्रममा सहभागी भए ।

यतिखेर पोखरामा प्रदीप र जसितासँगै ‘लभ स्टेशन’का प्रस्तुतकर्ता गोविन्द शाहीपनि सँगै छिन् । एकबिहानै तालबहारी मन्दिर दर्शन गरेका अभिनेता प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने बिश्वास राखे, ‘यसबर्ष पोखराका दर्शकसँग होली मनाउने अवसर मिल्यो खुसी लागेको छ ।’ यी अभिनेताले भने ।

अभिनेत्री जसिताले पनि आफ्नो जन्मथलो पोखरामा १३ बर्षपछि आएर होली खेल्न पाउँदा निकै खुसी लागेको बताइन्,‘म पोखरामै जन्मिएकी हुँ, त्यसैले पनि पोखरासँग आत्मिय सम्बन्ध छ, आज होली पोखरामै खेल्न पाइयो निकै खुसी छु’ जसिताले भनिन् ।

यस्तै प्रस्तुतकर्ता गोविन्दले बिशेषगरी पोखरालाई माया गर्नेहरुको स्टेशन को रुपमा पनि चिनिने भएकाले पनि लभ स्टेशन पोखराका दर्शकका लागी अझ बिशेष रहनेमा विश्वास ब्यक्तगर्दै भने,‘हाम्रो मोफसलको यात्रा पोखराबाट गरेका छौं, आजको होली पनि पोखराका दर्शकसँग खेलेका छौं र अझै केहि बेर रहन्छौं’

उज्ज्वल घिमिरे निर्देशित यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

लभ स्टेशन काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।