गुँरास घारीमा सिरानचोके चेली सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ चैत

ढकमक्क फुलेको गुराँस घारीमा छायाँकन गरिएको गीत ‘सिरानचोके चेली…’ को भिडियो सार्वजनिक गरिएको छ । गीतमा कौडा गायक गणेश गुरुङ र गायिका दुर्गा परियारको स्वर रहेको छ । गीतको शब्द गायक गणेश गुरुङ र नृत्य निर्देशक दिप गुरुङको रहेको छ । जसलाई पवन वाङले संगीत संयोजन गरेका छन् ।

नृत्य निर्देशक दिप गुरुङले भिडियो निर्देशन गरेका हुन् । जसमा मनोज थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, वविता गुरुङ, सुमित्रा गुरुङ, उवा मगर र पश्चिमाञ्चल सांस्कृतिक ग्रुपको नृत्य छ ।
भिडियोलाई शम्भू चालीसेले छायांकन, सुजन शाहीले सम्पादन गरेका हुन् ।

गीतमा गोरखा जिल्लाको सुन्दर नगरि तथा पर्याटकीय क्षेत्र सिरानचोकको सेरोफेरोको वर्णन गरिएको छ ।

https://www.youtube.com/watch?v=TcI3RUxMUQU