जात्रै जात्रा अब ३ जेठमा, आयो माया पिरिम…गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ चैत

चलचित्र ‘जात्रै जात्रा’को प्रदर्शनी फेरी सरेको छ । १७ फागुनबाट रिलिज गर्ने भनिए पनि सो मितिमा नआउने भएपछि यो फिल्मको रिलिज मिति २७ बैशाखमा पुर्याईएको थियो । तर आईतबार काठमाडौंमा आयोजित यो चलचित्रको गीत मायाँ पिरिम…को भिडियो रिलिज कार्यक्रममा यो चलचित्रको प्रदर्शन ३ जेठलाई सारिएको निर्माता रबिन्द्रसिंह बानियाँले बताए ।
गीतमाम लेखु सहयात्रीको शब्द र कृष्ण भारद्वाजको संगीत छ। चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मका निर्माता रविन्द्र सिंह बाँनिया रहेका छन् ।

निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै रिलिज गरेको गीत ‘माया पिरीम…’लाई गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा अभिनेत्री करिश्मा मानन्धर, निर्देशक कलाकार निश्चल बस्नेत र अभिनेत्री सारा श्रीपाइली अतिथि कलाकारको रुपमा मुख्य नृत्य कलाकार भएर देखिएका छन् ।

‘माया पिरिम’ बोलको गीतमाचलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै प्रकाश घिमिरे र अन्सु महर्जनको पनि नृत्य रहेको छ । साथमा, अन्य कलाकार दयाहाङ राई ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा नृत्य गरेको देख्न सकिनेछ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । २०१६ मा आएको ‘जात्रा’ चलचित्रको सिक्वेल यो चलचित्रलाई ‘जात्रै जात्रा’ नाम दिइएको हो । चलचित्र जेठ ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।