चलचित्र प्रेमलीला सेन्सर पास, ८ चैतबाट रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं ४ चैत

यही ८ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र प्रेमलीला सेन्सर पास भएको छ । यो चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले सेन्सर पास गर्दै प्यारेन्स गाईडेड (पिजी) प्रमाणपत्र दिएको छ । अब यो चलचित्र हेर्न बालबालिकाले अभिभावकको साथ लिनु पर्नेछ ।

यो चलचित्रमा अभिनेत्री दीपशिखा खड्का सहितको लगानी रहेको छ । यो चलचित्रका निर्देशकले फिल्मलाई बीचमै छाडेपछि यसलाई निर्माता दीपशिखाले नै निर्माण सम्पन्न गरेकी छिन् ।

फिल्ममा नेपालकी युवती र भारतका युवाबीच भ्रमणको क्रममा भएको चिनजानसँगै स्थापित भएको प्रेम सम्बन्ध र त्यो प्रेम सम्बन्धको आरोह अबरोह कथा प्रस्तुत गरिएको छ । फिल्ममा दीपशिखासँगै नानीमैया कार्की र फैजी फिल्म्स्को लगानी छ । दीपशिखाकै लेखन रहेको यो चलचित्रमा दीपशिखा, मौसम, अली खानलगायतको मुख्य भूमिका छ । फिल्मलाई पवन गौतमले खिचेका हुन् ।