ब्युटी न्युज नेपाल
काठमाडौं, ३ चैत

गायक जय देबकोटाको बियोगान्त भावको नयाँ गीत तिमी मर्छेउ थाहा छ…को भिडियो बजारमा आएको छ । यो गीतलाई मदन खड्काले निर्देशन गरेका हुन् । गीतको भिडियोमा एउटा ससक्त कथा निर्देशक खड्काले प्रस्तुत गरेका छन् । आफ्नो जन्मदिनको अबसर पारेर निर्देशक खड्काले भिडियो रिलिज गरेका हुन् ।

लोक शैलीको यो गीतको भिडियोमा एउटा सन्तानको जीवनमा उसको आमाको महत्व कतिसम्म हुन्छ भन्ने दशाईएको छ । भिडियो निकै राम्रो म मार्मिक बनेको छ । जसमा गायक जयले गीतलाई पीडायुक्त भावमा गायका छन् । बीरेन्द्र भट्टको छायाँकन, बिजय भण्डारीको ड्रोन, अनिल रानाको सम्पादन रहेको यो भिडियोलाई जय देवकोटाकै च्यानलबाट रिलिज गरिएको छ ।

सञ्जय कर्णको शब्द र सँगीत रहेको यो गीतको भिडियोमा गायक जय र मोडल सिता धमलाका साथमा आदर्श बानियाँ, रमेश विश्वकर्मा र पुष्पा मदईले मोडलिङ गरेका छन् ।

https://www.youtube.com/watch?v=pDpj-erAl78