रत्नशोभा, जुगल र पूर्णकाजीको एकलसाँझ सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं २ चैत

एक दशक भन्दा लामो समयदेखि नेपालभाषाको गीत गायनमा सक्रिय गायिका रत्नशोभा महर्जन आफ्ना चर्चित गीतहरुसहित एकल साँझमा प्रस्तुत भएकी छिन् ।

उनीले शनिबार अपरान्ह काठमाडौंको राष्ट्रिय सभागृहमा एकल गीत प्रस्तुत गरेकी हुन् । कार्यक्रम निकै भव्य भयो । दर्शकको उपस्थितले हल भरिएको थियो ।

यो एकल साँझमा पूर्णकाजी ज्यापुको एकल रचना तथा संगीतकार एवं संगीत संंयोजक जूगल डंगोलको एकल संगीतका गीतहरु गायिका महर्जनले प्रस्तुत गरिन् ।

कार्यक्रम भने जनकवि दुर्गालाल श्रेष्ठको सम्मानमा उनकै रचना ‘कँ न स्वां जुइ… (काँढा पनि फूल बन्छ)’ सुनाएर शुरुवात गरिएको थियो ।

स्वयम्भू वना पासा मुनाले ज्ञानमाला भजन खलः, स्वयम्भूको स्थापनाको ८१ बर्षको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि गायिका रत्नशोभालाई कार्यक्रममा गायनमा साथ दिए । यस्तै रत्नशोभालाई नेपालभाषाका गीतहरुमा सानुबाबु महर्जन, सतिष महर्जन, दीपा महर्जन, सुमन कपाली, जुजुकाजी रंजित, माणिक शाही, रोजी डंगोल श्रेष्ठ, सरिता महर्जन, सोनी राजभण्डारीले पनि साथ दिए ।

संगीतकार जुगल डंगोलकै संयोजनमा १६ जना वाद्यवादकहरुको प्रत्यक्ष संगीतको साथमा उनले गीत प्रस्तुत गरिन् ।
कार्यक्रममा सांसद जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, अग्रज गायक प्रेमध्वज प्रधान, अग्रज हास्यब्याँग्य कलाकार मदनकृष्ण श्रेष्ठले ज्ञानमाला भजन संग्रहको २१ औं संस्करण लोकार्पण गरे । ज्ञानमाला भजन अभियान ४१ बर्षदेखि निरन्तर योगदान गर्दै आएका पुण्य शाक्यलाई सो कार्यक्रममा ज्ञानमाला मंगलहेरा सिरपा पुरस्कार प्रदान गरियो ।