ब्युटी न्युज नेपाल
काठमाडौं, १ चैत

नेक्स्ट मोडल्स नेपालद्धारा आयोजित अडिसनबाट ‘मिस नेपाल पिस २०७५’का लागि २६ प्रतियोगी छानिएका छन् । अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, मिस नेपाल पिस २०१७ की विजेता सनम थापा मगर, डा. स्मृती मास्के प्रधान, तेयन शर्मा, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत निर्णायक थिए ।

स्वास्थ्य पेसासँग सम्बन्धित यो प्रतियोगिता विगत ६ वर्षदेखि आयोजना हुँदै आएको छ । अडिसनबाट छानिएका प्रतियोगी केही दिनमै प्रिशिक्षमा जुट्दै छन् ।

प्रतियोगिताको अन्तिम स्पर्धा आगामी ७ बैशाखमा होटल सोल्टी क्राउन प्लाजामा हुँदैछ । जसमा शिर्ष बिजेताले एक लाख रुपैयाँ सहित अमेरिका र अष्ट्रेलिया अध्यायनका लागि छात्राबृति पाउने आयोजक पक्षको दाबी छ ।