ए मेरो हजुर ३ को पहिलो गीतमा अनमोल–सुहाना रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १ चैत

यही २९ चैतबाट देशब्यापी रिलिज गर्ने भनिएको नयाँ चलचित्र ‘ए मेरो हजुर–३’को नयाँ गीत जिन्दगी नै भन्दिन…को भिडियो रिलिज गरिएको छ । सुगम पोखरेल र प्रविशा अधिकारीले गराएको यो गीतमा आशिष अविरलको संगीत छ । गीतलाई एक नारायण भण्डारीले लेखेका हुन् ।

गीतको भिडियोमा अभिनेता अनमोल केसी र नव अभिनेत्री सुहाना थापाको अभिनय छ । यी दुई कलाकारको रोमान्सलाई भिडियोमा देखाईएको छ । यो गीतको भिडियो छायाँकन सोलुखुम्बु र सँयुक्त राज्य अमेरिकामा गरिएको हो । दृष्यको हिसावले गीतको भिडियो निकै सुन्दर बनेको छ । गीतको लय पनि कर्णप्रिय छ ।

बुढा सुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको यो गीतको कोरियोग्राफी पनि सरल छ । चलचित्र ए मेरो हजुर ३ लाई झरना थापाले निर्देशन गरेकी हुन् । सुनिल कुमार थापा निर्माता रहेको यो फिल्ममा अनमोल, सुहानासँगै सरोज खनाल, सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा, रक्षा गौतम, विशाल पहारी, रियर राईको मुख्य भूमिका छ ।

जिन्दगी नै भन्दिन…को भिडियो –