जात्रै जात्रा २७ बैशाखबाट सर्ने, ३ जेठमा आउने सँभावना


ब्युटी न्युज नेपाल
काठमाडौं, १ चैत

हलिउडको प्रभावशाली फिल्म एभिएन्जर्स ४ इन्डगेम १३ बैशाखमा रिलिज हुने भएपछि चलचित्र दाल भात तरकारीको रिलिज मिति १३ बैशाखबाट २० बैशाखमा सारिएको छ ।

मह जोडीले आफ्नो नयाँ फिल्मको रिलिज मिति एक साता पछि सारेपछि मह जोडीकै चेला एवम् निर्देशक प्रदीप भट्टराईले चलचित्र जात्रै जात्राको रिलिज मिति सार्ने भएका छन् । अब यो फिल्म ३ जेठ आउने सम्भावना छ । फिल्म रिलिजको लागि बितरकले ३ जेठ र ३१ जेठ मध्य एउटा डेट रोज्न जात्रै जात्राको टिमसँग सल्लाह गरेका छन् । यस अघि २७ बैशाखमा यो फिल्मका रिलिज मिति चार दिन अघि मात्र घोषणा गरिएको थियो ।

२७ बैशाखमै बलिउडको प्रभावशाली फिल्म स्टुडेन्ट अफ दी इयर २ रिलिज हुने भएपछि निर्देशक भट्टराई पनि आफ्नो फिल्मको रिलिज २७ बैशाखबाट पछि सार्ने पक्षमा थिए । निर्देशक प्रदीप भट्टराईका अनुसार फिल्म ३ गते रिलिज हुँदैछ भन्ने चर्चा अहिले चलेको छ । तर ३ गतेलाई नै मिति तय भईनसकेको र नयाँ मिति चाँडै घोषणा हुने निर्देशक भट्टराईले बताए ।

अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य र किरण केसीलाई समर्थन गर्दै २७ बैशाखमा आफ्नो फिल्म रिलिज नगर्ने प्रदीपले प्रस्ट पारिसकेका छन् । जात्रै जात्रामा बिपिन कार्की, बर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँलगायतको मुख्य भूमिका छ ।

यस अघि ३ जेठमा रिलिजको मिति तोकिएको योगेश घिमिरे निर्दे्शित फिल्म प्रेम दिवस अब पूर्व तोकिएको मितिमा नआउने भएको छ । निर्देशक घिमिरेले चाँडै नै आफ्नो फिल्मको नयाँ रिलिज मिति तोक्ने ब्युटी न्युज नेपाललाई जानकारी गराए ।