कलाकार जीतु र रीनाशालाई सम्मान, विष्णुलाई पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं ३० फागुन

फिल्मीखबर साप्ताहिक पत्रिकाले बिगतझै यस वर्ष पनि बर्ष व्यक्ति घोषणा गरेको छ । यो पत्रिकाको १० औं वार्षिक उत्सबको अबसरमा यो घोषणा गरिएको हो ।

वर्ष व्यक्तिका रुपमा पुरुष तर्फ यस वर्ष हास्यँ कलाकार जीतु नेपाल र महिला तर्फ कोरीयोग्राफर तथा यसै वर्ष बाट निर्देशक बनेकी रीनाशा वान्तवा राईलाई सम्मानित गरिने भएको छ ।

जीतु नेपालले यस वर्ष अत्याधिक सफल चलचित्र छक्का पञ्जामा निर्माण, स्कृप्ट लेखन तथा अभिनय गरेका थिए भने यसै वर्ष नेपाल टिभीमा रियालिटी शो मुन्द्रेको कमेडी क्लव सञ्चालन गरी चर्चामा आएका छन् । नेपालले यस वर्ष अन्तर्राष्ट्रिय रुपमा आधा दर्शन भन्दा बढी देशमा स्ट्याण्डअप कमेडी तथा नेपाल भीत्र ६५ शो कमेडी प्रस्तुति दीएका छन् ।

यस्तै म्यूजिक भिडियोबाटै प्रवेश गर्दा गर्दै चर्चामा रहेकी रीनाशाले चलचित्र कोरीयोग्राफीमा पनि सफलता प्राप्त गरेकी थिइन् । यसै वर्षबाट चलचित्र निर्देशन सुरु गरेकी रिनाशा इन्टु मिन्टु लण्डनमा मार्फत नव निर्देशकहरुमा सफल देखीएकी छिन् । सोही कारण यी दुईलाई वर्ष व्यक्ति घोषणा गरिएको छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए । उनका अनुसार वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफीका साथ समान गरिने छ ।

दिबँगत अग्रज रंग पत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार पहिलोपटक विष्णु प्रसाद सुवेदीलाई प्रदान गरिने भएको छ । रंग पत्रकारिता पुरस्कार स्वरुप सुवेदीलाई प्रमाणपत्र, ट्रफी एवं १० हजार १० रुपैयाँ प्रदान गरीने फिल्मीखबरले जनाएको छ ।

विगत डेड दशक देखी रंग पत्रकारितामा संलग्न विष्णु सुवेदीले यसै वर्ष मात्र लेन्स नेपाल डट कमको वेब पोर्टल प्रकाशन गरी नविन कार्यको थालनी गरेको थिए । विष्णुले आफ्नो अनलाइन पोर्टलमा नेपाली चलचित्र, गीत–संगीत क्षेत्रको अभिलेख राख्नुका साथै सेलीब्रटीका व्यक्तिगत जानकारी (वायोडाटा) समेत राखी राज्यकै सन्दर्भमा पनि योगदान गरेका छन् । फिल्मीखबर साप्ताहिकको १० आंै वार्षिक उत्बसको अबसर पारेर शुक्रबार बिहान काठमाडौंको पुरानो बानेश्वर स्थित होटल मोजोमा सो सम्मान प्रदान गरिने भएको छ ।