छोरीको जन्मदिनमा रँगशालालाई धुर्मुस–सुन्तलीको १ लाख ११ हजार


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० फागुन

हाँस्यब्याँग्य अभिनेता–अभिनेत्री सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले छोरी सुविहानी भट्टेलको जन्मदिनको अबसर पारेर ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस–सुन्तलीले आफ्नो छोरी सुबिहानीको जन्मदिनको अवसरमा सो सहयोग प्रदानको घोषणा गरेका हुन् ।

‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रङ्गशालाका लागी सहयोग गर्न चाहान्छौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

सुबिहानीको जन्मउत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेका हुन् ।

रङ्गशालाको बिशेष कामले चितवन पुगेका धुर्मुस सुन्तली छोरीको जन्म दिनको अबसरमा बुधबार बेलुकी मात्र काठमाडौं फर्किएका छन् । अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको फिल्डको काम भईरहेको छ ।