ब्युटी न्युज नेपाल
काठमाडौं, २९ फागुन

बलिउड अभिनेता गुलसन ग्रोबरले आफुलाई नेपाल साह्रै मन पर्ने बताएका छन् । उनी यतिबेला आफ्नो नयाँ फिल्म ‘द म्यान फ्रम काठमाडौं’को प्रचारका लागि काठमाडौं आएका छन् । यही फिल्मको प्रचार गर्ने क्रममा बुधबार ललितपुरको पाटन दरबार क्षेत्रमा उनले आफ्नो फिल्मबारे जानकारी गराउँदै आफुलाई नेपाल खुबै मन पर्ने बताएका हुन् ।

आफु तेस्रोपटक नेपाल आएको पनि उनले जानकारी गराए । पहिलोपटक अभिनेत्री मनीषा कोइरालाको निमन्त्रणामा नेपाल आउँदा नेपाल साह्रै मन परेको र त्यसपछि यो फिल्मको छायाँकन र अहिले प्रचारका लागि सहित तीन पटक नेपाल आईसकेको उनले बताए ।

हेर्नुस भिडियो ः

नेपालीहरू सहभावपूर्ण स्वभावका हुने भएकाले आफूलाई नेपालीहरू साह्रै मन पर्ने उनले खुलाए । नेपाल पनि आफैंमा सुन्दर देश भएको पनि उनले बताए ।

द म्यान फ्रम काठमाडौं आफ्नो पहिलो नेपाली फिल्म भएको बताउँदै उनले यो फिल्म हेर्न हलमा आउन कार्यक्रममा दर्शक र सञ्चारकर्मीलाई निमन्त्रणा दिए । आफ्नो फिल्मको नाम लेखिएको टी सर्ट र बिहीबार साँझ लबिम मलमा हुने प्रिमियर सोको टिकट पनि गुलसनले दर्शकलाई वितरण गरे ।

फिल्मलाई पेमा डेन्डुपले निर्देशन गरेका हुन् । यसमा ग्रुलसन ग्रोबर, जोसे मेनुअल, हमिद सेख, आना शर्मा, कर्मा, नीर शाह, शिशिर वाङ्देल, मिथिला शर्मालगायतको अभिनय छ ।